रौतहट–३ मा चुनावी माहोल तातेका बेला नयाँ राजनीतिक तरंग देखिएको छ। रौतहट क्षेत्र नं. ३ मा जनताको भावना र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।>
प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादव ले अघि सारेका विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका एजेन्डाले मतदाता मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई समेत आकर्षित गरिरहेको देखिन्छ।>
यही क्रममा फतुवा विजयपुर नगरपालिका–९ का वडा प्रत्यासी सुरेन्द्र प्रसाद चौधरीले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक प्रवेश गरेका छन्।>
उहाँलाई पुनम यादवले टिका तथा माला लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।>>