रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर (दो.) का मुस्लिम समुदायले रसुवा, भोटेकोशी र नुवाकोटलगायतका क्षेत्रमा बाढी तथा प्राकृतिक बिपद् बाट प्रभावित नागरिकको सहयोगका लागि रु. १ लाख ३८ हजार १ सय २० सहयोग संकलन गरेका छन्।>
>
स्थानीय मुस्लिम समुदायको समन्वयमा सन्तपुर (दो.) मुस्लिम टोलस्थित मस्जिद–ए अबुबकर मस्जिदबाट उक्त रकम संकलन गरिएको हो।>
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। विपद्का बेला पीडित नागरिकको दुःखमा साथ दिने उद्देश्यले समुदायका विभिन्न व्यक्तिहरूबाट सहयोग संकलन गरिएको हो।>
>
प्राकृतिक विपद् कुनै एक समुदायको मात्र समस्या नभएको भन्दै स्थानीय मुस्लिम समुदायले मानवीय सेवाका लागि एकजुट हुँदै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको जनाएको छ।>
सन्तपुरबाट संकलित यो सहयोगले विपद्को समयमा धर्म, समुदाय र क्षेत्रभन्दा माथि उठेर नेपालीहरूबीचको एकता, सहकार्य र मानवीय भावनालाई थप बलियो बनाएको छ।>>