वीरगञ्जमा स्रोत नखुलेको भारु ४ लाख ५० हजारसहित भारतीय नागरिक पक्राउ

Naya Sansar Online TV 75+ समाचार ( )
२७ भाद्र २०८३

वीरगञ्ज । स्रोत नखुलेको भारतीय मुद्रासहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मोतीहारी, पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइराखेको अवस्थामा भारु ४ लाख ५० हजार बरामद गरेको हो।

प्रहरीले ५०० दरका ८९१ थान, २०० दरका नोट तथा १०० दरका ४३ थान भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका अशोक कुमारलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार