आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम यादव ले आफूले इतिहास रच्ने दाबी गरेकी छन्।>
जनतामाझ घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा उनले भनिन्, “रौतहट–३ मा परिवर्तनको नयाँ अध्याय सुरु हुनेछ। जनता मेरो साथमा छन्, र यसपटक परिणाम दिने नेतृत्व स्थापित हुनेछ।”>
उनका अनुसार चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर हो। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता उनले दोहोर्याइन्।>
>
पुनम यादवले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै मतदातालाई सोचेर निर्णय गर्न आग्रह गरेकी छन्।>>