रसुवा बाढीपीडितका लागि जसपा नेपालको २१ लाख सहयोग

Naya Sansar Online TV 80+ समाचार ( )
३० भाद्र २०८३

काठमाडौं । रसुवा जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

जसपा नेपालका महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झाको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी २१ लाख रुपैयाँ बराबरको बैंक चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा जसपा नेपालको विपद् व्यवस्थापन तथा राहत संकलन समितिका संयोजक एवं पूर्वमन्त्री शैलेन्द्रप्रसाद साहसहित समितिका सदस्यहरूको उपस्थिति रहेको महासचिव सुरेन्द्रकुमार झाले जानकारी दिए ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै पार्टीले सहयोग गरेको उनले बताए । साथै, नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा जसपा नेपालले आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार